+
+
Shares

बुङ्गल हाइड्रोपावरको आईपीओ भदौ १६ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुङ्गल हाइड्रो लिमिटेडले १७ लाख १ हजार ५ सय कित्ता आईपीओ भदौ १६ देखि सर्वसाधारणका लागि खुल्ने जनाएको छ।
  • कम्पनीले ८३ करोड जारी पूँजीको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ।
  • बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण भइरहेको छ र कम्पनीले बी रेटिङ पाएको छ।

८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा भदौ १६ देखि आवेदन खुल्ने भएको छ । आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई यसअघि आईपीओ बाँडफाँट भइसकेको छ ।

आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुल्ने छ । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य भएका/आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

गत चैत मसान्तसम्म कम्पनी नोक्सानीमा छ । आयोजना नै सञ्चालन भइनसकेकाले सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा छ ।

कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?