+

एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा नेपाललाई १३ पदक

२०८२ भदौ  ८ गते २१:०० २०८२ भदौ ८ गते २१:००
एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा नेपाललाई १३ पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली खेलाडीले चीनको छेङडुमा भएको एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन्।
  • नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन्।
  • प्रतियोगितामा आरुषी थिङ, तभिसा तामाङ, विवश तामाङ, कुमार तामाङले स्वर्ण पदक जितेका छन्।

८ भदौ, काठमाडौं । नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

अगष्ट २१ देखि २२ तारिखसम्म चीनको छेङडुमा भएको प्रतियोगितामा एकल पुम्सेको यु–१० मा आरुषी थिङ, यु–१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।

त्यस्तै ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्सेको यु–१४ मा पविना घलेले रजत हात पारे । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीुमनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य प्राप्त गरे ।

प्रशिक्षकमा प्रवीण खड्गी रहेका छन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी गराए ।

एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय