+

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको लगातार दोस्रो जित

२०८२ भदौ  ९ गते ८:१८ २०८२ भदौ ९ गते ८:१८
एमबाप्पेको दुई गोलमा रियल मड्रिडको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले स्पानिस ला लिगामा रियल ओभिएडोलाई ३-० ले पराजित गरेको छ।
  • केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियलले लगातार दोस्रो जित हात पारेको हो।
  • रियल मड्रिडले ६ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ भने भियारियाल र बार्सिलोना समान अंकमा छन्।

९ भदौ, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रियल ओभिएडोलाई ३-० ले पराजित गरेको छ । लिगमा रियलको यो लगातार दोस्रो जित हो ।

ओऐिएडोको मैदानमा भएको खेलमा एमबाप्पेले ३७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले नै ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारे ।

अघिल्लो खेलमा ओसासुना विरुद्ध निर्णायक गोल गरेका एमबाप्पेले दुई खेलमा तीन गोल गरिसकेका छन् ।

भिनिसियस जुनियरले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको रियल तेस्रो स्थानमा छ ।भियारियाल र बार्सिलोनाले पनि समान ६ अंक नै जोडेका छन् । गोल अन्तरमा भियारियाल पहिलो र बार्सिलोना दोस्रो स्थानमा छ ।

ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय