+

एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

२०८२ भदौ  ९ गते ११:१४ २०८२ भदौ ९ गते ११:१४
एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को पहिलो खेलमा एपीएफ क्लबले उज्वेकिस्तानको पीएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ।
  • खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ।
  • थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि समूह बी मा आज खेल हुनेछ।

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । एपीएफले अनुभवी विगंर अनिता बस्नतेको कप्तानीमा खेल्दैछ ।

यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ ।

गत वर्ष पनि छनोट चरणमा एपीएफ र नासाफ एकै समूहमा थिए, जहाँ नासाफसँग एपीएफ १-० ले पराजित भएको थियो ।

जोर्डनी क्लब इत्तिहाडमा अनुबन्ध भएकी मिडफिल्डर प्रीति राई भने यसपटक एपीएफको टिममा छैनन् ।

प्रीति सम्मिलित इत्तिहाडले समूह सी को छनोट खेलमा सिंगापुरको लायन सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

एएफसी महिला च्याम्पियन लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय