+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीले पद छाड्छन् कि छाड्दैनन् भन्नेबाट मुक्त बनौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १४:३४

९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताएका हुन् । पार्टीले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

‘यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने जिकिर गरे ।

‘उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ । यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्यौं भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौं,’ उनले भने, ‘नेपाली कांग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ । र नेपाली कांग्रेस पनि निस्कनुपर्नेछ ।’

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?