+

न्युक्यासल विरुद्ध लिभरपुलको रोमाञ्चक जित

२०८२ भदौ  १० गते ९:१२ २०८२ भदौ १० गते ९:१२
न्युक्यासल विरुद्ध लिभरपुलको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियो एनगुमोहाले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गर्दै लिभरपुललाई न्युकासल युनाइटेडमाथि ३-२ को जित दिलाए।
  • १६ वर्षिय रियो लिभरपुलको इतिहासमा प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी बने।
  • लिभरपुलले दुई खेलबाट अंक जोडेर प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ।

१० भदौ, काठमाडौं । रियो एनगुमोहाले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गरेपछि साविक विजेता लिभरपुलले प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ ।

लिभरपुललाई ३ अंक दिलाउन योगदान गरेका १६ वर्षिय रियो लिभरपुलको इतिहासमा प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी समेत बने ।

न्युकासलको मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले दुई गोलको अग्रता लिएपनि न्युकासलले दुई गोल गर्दै खेलमा फर्किएको थियो ।

राएन ग्राभेनबेर्चले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ह्युगो एकिटिकेले ४६औ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यसपछि न्युकासलका ब्रुनो गुइमारेजले ५७औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाए । त्यसपछि विलियम ओसुलाले ८८औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुगेको थियो । बराबरीतर्फ धकेलिएको खेेलमा रियो एनगुमोहाले इन्जुरी टाइमको दशौँ मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।

नयाँ सिजनमा लिभरपुलको यो लगातार दोस्रो जित हो । दुई खेलबाट अंक जोडेको लिभरपुल तेस्रो स्थानमा उक्लेको छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय