+
+
Shares

पशुपतिमा पहिलोपटक दर्शनार्थीलाई पानीको फोहोरा (तस्वीरहरु)

गर्मीको बेला शीतल होस् भनेर व्रतालुमाथि पानीको फोहोरा बर्सिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
  • पशुपति क्षेत्र विकास कोषले पहिलोपटक पानीको मसिना फोहोरा बर्सिने व्यवस्था मिलाएको छ।
  • चारवटा बाहिरी र आठवटा भित्री लाइन बनाएर दर्शनको सहजता मिलाइएको छ।

१० भदौ, काठमाडौं । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान गरिरहेका छन् ।

व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको हो । आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

गर्मीको बेला शीतल होस् भनेर व्रतालुमाथि पानीको फोहोरा बर्सिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

उनले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको समेत बताए ।

कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?