+
+
Shares

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकको म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ ले इकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिले १२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
  • हाल बजारमा यसको मूल्य प्रतिइकाइ ११.०५ रुपैयाँ रहेको छ।

१० भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकको कोष प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा भएको छ ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समिति बैठकले इकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

१२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । इकाइधनी दर्ता कितावको सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

हाल बजारमा यसको मूल्य प्रतिइकाइ ११.०५ रुपैयाँ छ । यसअघि विभिन्न नामका ३१ इकाइले लाभांश घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?