+
+
Shares

उखु किसानको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई प्रतिक्विन्टमा ७० रुपैयाँ घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसान रुष्ट बनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
  • श्रेष्ठले किसानका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताउनुभयो।
  • सरकारले उखु अनुदान घटाएर प्रतिक्विन्टमा ३५ रुपैयाँ कायम गरेपछि किसानहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

१० भदौ, काठमाडौं । उखु किसानहरूको आन्दोलनमा नेकपा  माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार उखु किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

सो क्रममा वरिष्ठ उपाध्यक्ष श्रेठले उखु किसानका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए ।

किसानका मागमा पार्टीको समर्थन रहेको भन्दै श्रेष्ठले माग पूरा गरेर पीडित किसानलाई सरकारले सघाउनुपर्ने बताए ।

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई प्रतिक्विन्टमा ७० रुपैयाँ घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसान रुष्ट बनेका हुन् ।

आइतबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन थालेका उखु किसानहरूले साविककै अनुदान गरेर वितरण गरिनुपर्ने माग गर्दै आएका छन् ।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीबाट आएका किसानहरूले विरोधस्वरुप उखु नै बोकेर सरकारको निर्णयविरुद्ध नारावाजी गरिरहेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरूले काठमाडौंको माइतीघरमण्डलासहित बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?