+
+
Shares

पियोर इनर्जी नाफामा, सोल पावरमा २६ प्रतिशत सेयर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १३:३९

काठमाडौं । करिब दुई वर्षअघि सौर्य ऊर्जाको व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जी लिमिटेडले नाफा कमाउन सफल भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ३ करोड १९ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोढ ९२ लाख रुपैयाँ पुगेको छ । १ करोड ५१ लाख रुपैयाँ अन्य आम्दानी पनि गरेको वित्तीय विवरणमा उल्लेख छ ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी १ करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो । पियोरले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् ।

गोल्यान समूह अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । नेपाल विद्युत् प्राधिकरण र पियोर इनर्जीबीच १२ मंसिर २०७८ मा विद्युत् खरिद–बिक्री सम्झौता भएको थियो ।

पियोरले ११ पुस २०८० मा सौर्य ऊर्जाको व्यापारिक उत्पादन सुरु गरेको प्राधिकरणको वार्षिक प्रतिवेदन सन् २०२३/२४ मा उल्लेख छ । नाफामा गएसँगै पियोरले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ ।

पियोर इनर्जीले आफ्नो वेवसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका २ लाख ६० हजार कित्ता खरिद गरिएको छ ।

कम्पनीको वार्षिक वित्तीय विवरणले विद्युत् बिक्रीको आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखिन्छ ।

गत वैशाखमा आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुगेको छ ।

समफक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?