+
+
Shares

‘कमर्सियल शो’मा क्यामेरा र बुमलाई रोक लगाउने आईएनआई सिनेमाजको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएनआईले देशभरका हलमा कमर्सियल शोको क्रममा क्यामेरा र बुम प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
  • विज्ञप्तिमा दर्शकको गोपनियतालाई सम्मान गर्दै प्रिमियर, गीत रिलिजजस्ता विशेष कार्यक्रम बाहेक क्यामेरा र बुम प्रयोग पूर्णरुपले बन्देज गरिएको उल्लेख छ।
  • यो निर्णय गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर र सिमराको केएसआर हलमा लागू हुने बताइएको छ।

काठमाडौं । मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्नो देशभरका हलमा ‘कमर्सियल शो’को क्रममा क्यामेरा र बुम प्रवेशलाई रोक लगाउने निर्णय गरेको छ ।

हलले बुधबार विज्ञप्ति जारी गर्दै दर्शकको गोपनियतालाई सम्मान गर्दै यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

हलले विज्ञप्तिमा भनेको छ, ‘विगत केही समयदेखि फिल्मसँग सम्बन्धित केही पत्रपत्रिका, युट्युब च्यानल, टेलिभिजन कार्यक्रमसँग सम्बन्धित पत्रकार प्रदर्शन भएका फिल्मसँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा फिल्म हेर्न बाधा पुग्ने तथा आफ्नो गोप्यता भंग हुने सम्मका विभिन्न गुनासा दर्शकबाट पटक पटक आएको कुरालाई मध्यनजर राखि अब उप्रान्त विभिन्न विशेष कार्यक्रमजस्तै प्रिमियर, गीत रिलिज, ट्रेलर रिलिज आदिजस्ता आमन्त्रण गरिएका कार्यक्रममा बाहेक अन्य कुनैपनि कमर्सियल शोमा आउने दर्शकलाई क्यामेरा, बुम तेर्साएर प्रश्न सोध्ने कुरालाई पूर्णरुपले बन्देज गरिएको जानकारी गराउँदछौं ।’

आइएनआईले गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर, सिमराको केएसआर हलमा यो निर्णय लागू हुने जनाएको छ ।

पछिल्लो समय कमर्सियल शोको क्रममा क्यामेरा र बुम लिएर हलभित्र जाँदा कतिपय दर्शकले गोपनियता उल्लंघन भएको आवाज सामाजिक संजालमा उठाउँदै आएका थिए ।

कुनै नेपाली फिल्म हलले यस्तो संस्थागत निर्णय गरेको यो पहिलोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?