+
+
Shares

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेद्वारा शपथ ग्रहण

समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
  • सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन्।
  • निःवर्तमान सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड विवादमा मुछिएपछि साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए र न्यौपानेले आजै कार्यभार सम्हालिसकेकी छन्।

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् ।

निःवर्तमान सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए । रिक्त सभापतिका लागि नेपाली कांग्रेसले न्यौपानेलाई अघि सारेको थियो ।

न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । न्यौपानले सभमुखसँग शपथग्रहण गरेसँगै आजै कार्यभार सम्हालिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?