+

सूर्यविनायकमा नयाँ आधुनिक फुटबल रङ्गशाला बनाउन जग्गा उपलब्ध गराउने सहमति

२०८२ भदौ  ११ गते १७:५५ २०८२ भदौ ११ गते १७:५५
सूर्यविनायकमा नयाँ आधुनिक फुटबल रङ्गशाला बनाउन जग्गा उपलब्ध गराउने सहमति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ र प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सूर्यविनायक नगरपालिकामा नयाँ फुटबल रङ्गशाला बनाउन सैद्धान्तिक सहमति भएको छ।
  • नगरपालिकाले वडा नम्बर ८ मा करिब २०० रोपनी जग्गा उपलब्ध गराउने सिफारिस राष्ट्रिय खेलकुद परिषद्लाई गरेको छ।
  • नयाँ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना रहेको एन्फाले जनाएको छ।

११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सूर्यविनायक नगरपालिकामा नयाँ तथा आधुनिक फुटबल रङ्गशाला बनाउन सैद्धान्तिक सहमति भएको छ।

नगरपालिकाको वडा नम्बर ८ मा करिब २०० रोपनी जग्गा उपलब्ध गराइने भएको छ, जसको सिफारिस नगरपालिकाले राष्ट्रिय खेलकुद परिषद्लाई गरेको छ।

एन्फाका अनुसार कार्यसमितिले नयाँ रंगशाला निर्माण गर्ने निर्णय गरेपछि अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग पटक–पटक भेट गर्दै आग्रह गरेको थियो।

सो क्रममा प्रधानमन्त्री ओलीले झण्डै ५० हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम निर्माण गर्ने घोषणा गरेका थिए। प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै भक्तपुरमा नयाँ रंगशाला बनाउने कुरा उल्लेख गर्दै आएका थिए ।

यस पहललाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पनि सहयोग र समन्वय गरेका छन्। आज नगर प्रमुख बासु थापाले सिफारिसपत्र एन्फा महासचिव किरण राईलाई हस्तान्तरण गरेका छन्।

नयाँ बन्ने रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने योजना रहेको एन्फाले जनाएको छ।

नेपालमा हाल काठमाडौंको दशरथ रंगशाला मात्र अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशालाका रूपमा छ । एकमात्र रंशगाला भइरहेकाले खेल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

दशरथ रंगशालालाई पटकपटक एएफसीले खेल गराउन अयोग्य ठहर गरेपछि पछिल्लो समय अन्तर्राष्ट्रिय खेलहरू पनि हुन सकेका छैनन् ।

फुटबल रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय