+
नेपाल 'ए' क्रिकेट :

पहिलो टी-२० जित्न नेपाल ‘ए’ लाई आसामको बलियो लक्ष्य

२०८२ भदौ  १२ गते १३:०७ २०८२ भदौ १२ गते १३:०७
पहिलो टी-२० जित्न नेपाल ‘ए’ लाई आसामको बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल \'ए\' ले भारतको गुवाहाटीमा सुरु भएको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा आसामबाट १९१ रनको लक्ष्य पाएको छ।
  • आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको थियो, जसमा कप्तान सुमित घदिअन्करले ३४ रन बनाए।
  • नेपालका आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिए।

१२ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेल जित्‍न नेपाल ‘ए’ ले बलियो लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाउँदै नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रोहित सेनले २४ रन बनाए । अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै आकाश सेनगुप्ता ८ बलमा २४ तथा अभिनव चौधरी ७ बलमा २६ रनमा अविजित रहे ।

आसामले राम्रो सुरुवात गरेपछि बीचका ओभरमा नेपालका बलरले किफायती बलिङ गरेपछि दबाबमा आएको थियो । तर अन्तिमका २ ओभरमा सेनगुप्ता र चौधरी मिलेर ५० रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याए ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिँदा आदिल आलमले १ विकेट लिए ।

नेपाल ए क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय