News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी महिला च्याम्पियन्स लिगको समूह बी को दोस्रो खेलमा एपीएफ क्लबले थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग खेल्दैछ।
- खेल उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
- एपीएफले समूहविजेता बन्न आजको खेल जित्नुपर्नेछ, पराजित भए समूहविजेता बन्ने सम्भावना सकिनेछ।
१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा एपीएफ क्लबले आज थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग खेल्दैछ ।
खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । एपीएफको कप्तानमा अनुभवी विंगर अनिता बस्नेत छन् ।
एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो ।
यता कलेज अफ एसियन स्कोलार्सले भने पहिलो खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले पराजित गरेको थियो ।
समूहविजेता बन्दै समूह चरणमा स्थान बनाउन एपीएफलाई आजको खेल जित्नुपर्नेछ । पराजित भएको अवस्थामा एपीएफको समूहविजेता बन्ने सम्भावना सकिनेछ ।
प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।
प्रतिक्रिया 4