+
+
Shares

जनकपुर आज पनि तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार र हवाई फायर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १८:५८

१५ भदौ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा आज हिन्दू समुदाय र प्रहरीबीच झडप भएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार र हवाई फायर गरिएको छ ।

स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डाको विषयमा हिजो विवाद हुँदा दुई समुदायबीच झगडा भएको थियो ।

गणेश पूजाको मूर्ति विसर्जन गरी फर्किने क्रममा सो झण्डा हटाउन खोज्दा झडप भएको थियो । त्यस क्रममा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दुईजना घाइते भएका थिए ।

डीएसपी सिंहका अनुसार आज दुवै समुदायका भद्र भलाद्मी र प्रहरी प्रशासन बसेर दुवै समुदायको सहमतिमा उक्त चोकबाट झण्डा हटाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार प्रहरीले मुस्लिम समुदायले लगाएको झण्डा हटाएको र हिन्दू समुदायले लगाएको झन्डा हटाउन खोज्दा ढुंगामुढा भएको हो ।

अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?