+
नेपाल 'ए' क्रिकेट :

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

२०८२ भदौ  १६ गते १९:०३ २०८२ भदौ १६ गते १९:०३
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल 'ए' ले भारतको गुवाहाटीमा सम्पन्न आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ।
  • नेपाल 'ए' ले अन्तिम खेलमा आसामलाई ४४ रनले हराउँदै २०९ रनको लक्ष्य सफलतापूर्वक रक्षा गरेको थियो।
  • सन्दीप जोराले ३९ बलमा ६४ रन बनाएर नेपाल 'ए' को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।

१६ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए ।

नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २-२ तथा बसिर अहमदले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए ।

आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए ।

बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।

नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय