+

भरत यादव राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

२०८२ भदौ  १७ गते ८:४२ २०८२ भदौ १७ गते ८:४२
भरत यादव राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा भरत यादवलाई नियुक्त गरिएको छ।
  • नेपाल भलिबल संघले भदौ १२ गतेको बैठकमा यादवलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको र उनलाई पत्र हस्तानतरण गरेको जनाएको छ।
  • पुरुष टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका यादवले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।

१७ भदौ, काठमाडौं । भरत यादव नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

आगामी कात्तिकमा बंगलादेशमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगलाई लक्षित गर्दै नेपाल भलिबल संघले यादवलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

काभा पुरुष नेसन्स लिग कात्तिक ५ देखि ११ गते (अक्टोर २२-२८) सम्म बंगलादेशको ढाकामा हुँदैछ ।

यही भदौ १२ गते बसेको भलिबल संघको ५४औं कार्य सम्पादन समितिको बैठकले काभा पुरुष नेसन्स लिगमा नेपाली टोली सहभागिता गराउने निर्णय गर्दै भरत यादवलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

भलिबल संघले यादवलाई पत्र समेत हस्तान्तरण गरिसकेको छ ।

महोत्तरीका प्रशिक्षक यादवले यसअघि नेपाली राष्ट्रिय महिला टिम र पुरुष टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

पहिलो पटक कुनै पनि सिनियर टिमको मुख्य प्रशिक्षक नियुक्त भएका यादवले खुशीसँगै जिम्मेवारी पनि थपिएको बताए ।

‘यसअघि पनि पुरुष टिममा सहायक प्रशिक्षक भएर काम गरिसकेको थिएँ । मुख्य प्रशिक्षक नियुक्त हुँदा खुशी पनि छु जिम्मेवारी थपिएको पनि अनुभव भएको छ,’ यादवले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म माथि अझ धेरै जिम्मेवारी थपिएको छ । नेपाली भलिबल र भलिबल खेलाडीको विकासका लागि काम गर्नेछौँ ।’

सन् २०२३ मा नेपालले १९औं एसियन गेम्समा सहभागिता जनाउँदा पुरुष टोलीको मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका हान अबिङ थिए भने उनको सहायकमा यादव नै थिए ।

यस्तै त्यसपछि श्रीलंकामा भएको काभा च्यालेन्ज कप भलिबल प्रतियोगितामा पनि हान अबिङ मुख्य प्रशिक्षक हुँदा यादव सहायक नै थिए ।

त्यसपछि नेपालको पुरुक्ष भलिबल टिमले कुनै प्रतियोगिता खेलेको छैन । दुई वर्षपछि नेपाली पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गर्दा यादवले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

यस्तै पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा यादव लुम्बिनी लाभाजको मुख्य प्रशिक्षक भूमिका छन् । महिला लिगको पहिलो संस्करणमा यादवले मधेश युनाइटेड टिमको प्रशिक्षण सम्हालेका थिए ।

भलिबल संघले पुरुष टिमको सहायक प्रशिक्षकमा घरेलु भलिबलका सफल प्रशिक्षक उत्सव खड्कालाई नियुक्त गरेको छ । हेल्प नेपाल स्पोर्ट्स क्लबको प्रशिक्षक रहिसकेका खड्काले एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रशिक्षण सम्हालिरहेका छन् ।

टिम व्यवस्थापकमा भलिबल संघले प्रविण श्रेष्ठला२ नियुक्त गरेको छ ।

नेपाल भलिबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय