+
+
Shares

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता

सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उपाध्यक्ष जोहानेस जुटबीच सहरी विकास मन्त्रालयमा भेटवार्ता भएको छ।
  • भेटमा बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना, काठमाडौँमा सहरी पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन र नदी स्वच्छतामा सहकार्यका विषयमा छलफल भएको छ।
  • विश्व बैंकले लुम्बिनी र काठमाडौँ उपत्यकामा सहरी पूर्वाधार, प्रदूषण न्यूनीकरण र नदी वायु स्वच्छतामा सहयोग गर्ने बताए।

१७ भदौं, काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ।

सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ ।

भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए ।

विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?