
सिड्नी, अस्ट्रेलिया । नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणका लागि सिड्नीमा आयोजना गरिएको तीनदिने सिड्नी आध्यात्मिक महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबारदेखि आइतबारसम्म चलेको महोत्सवमा करिब ५०० जनाले संस्थाको आजीवन सदस्यता लिएका छन् भने करिब २० लाख अष्ट्रेलियन डलर दान संकलन भएको छ ।
शुक्रबार उदघाटनको कार्यक्रमस्थल बरउड पार्क संगीतमय बनेको थियो । यस दिन १ हजार २०८ कलश यात्रा निकालिएको थियो । साथै पन्चकन्या, पन्चेबाजासहित सिड्नीमा स्थापित ५० भन्दा धेरै सामुदायिक संघ–संस्थाहरुबाट करिब १ हजार ५०० भन्दा धेरैको उपस्थिति थियो ।
पहिलो दिनको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल बहादुर मगरले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
त्यसैगरी एनएसडब्लु प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रीका प्रतिनिधि जेसन यात–सेन ली, संघीय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट, एनआरएनए आध्यक्ष अनिल पोख्रेल लगायतले तीन दिवसीय आध्यात्मिक महोत्सवको सफलताको शुभकामना दिएका थिए ।
आध्यात्मिक महोत्सवको पूर्वसन्ध्यामा बौद्ध धर्म गुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीनबन्धु पोख्रेलबाट आशिर्वाद वाचन गरेका थिए भने भरत नाट्यम लगायत अन्य धार्मिक आध्यात्मिक नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवको पहिलो दिन, सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरुले अष्ट्रेलियन डलर ४ लाख भन्दा धेरै दान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पहिलो दिन GSNMC अध्यक्ष विष्णु हमाल/सपना हमालबाट १ लाख, GSNMC उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्तबाट १ लाख, AIAअष्ट्रेलियाका निर्देशक समाजसेवी सुभान्स साहबाट १ लाख, महेन्द्र लम्साल/लता लम्सालबाट २५ हजार, सुजित सिग्देल/साधना सिग्देलबाट १० हजार, विष्णु घिमिरे/अन्जु घिमिरेबाट १० हजार, मिना शर्मा/शुवर्ण शर्माबाट १० हजार दान भएको थियो ।
यसैगरी प्रकाश बस्ताकोटी/सिर्जना बस्ताकोटीबाट १० हजार, अमृत आचार्य/रमा आचार्यबाट १० हजार, कल्याणी बर्तौला/बिनोदबाट १० हजार, प्रतिज्ञा अधिकारीबाट १० हजार र सुमन बर्तौला/सिर्जना सिग्देलबाट पाँच हजार एक दान प्राप्त भएको छ ।
पहिलो दिनको अन्तिमसम्म १५ जनाले आजीवन सदस्यता लिएका थिए । नगद दान पेटिकामा ४ लाख २ हजार १० अष्ट्रेलियन डलर प्राप्त भएको थियो ।
दोस्रो दिन शनिबार बिहान योग सत्रपछि विभिन्न धार्मिक–सांस्कृतिक प्रस्तुति गरिएको थियो । सोही दिन गैरआवासीय नेपाली दूत सञ्जिव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेसनका निर्देशक बद्री अर्याल र सम्झना अर्यालले २ लाख १ हजार डलर सहयोग गर्ने घोषणा गरेका थिए, जुन हालसम्मको सबैभन्दा ठूलो व्यक्तिगत दान बनेको आयोजकले जनाएको छ ।
सो दिन मात्र करिब ४ लाख डलर संकलन हुनुका साथै दुई संस्थागत सदस्यता र १११ आजीवन सदस्यता वितरण गरिएको थियो ।
सिड्नी आध्यात्मिक महोत्सवको दोस्रो दिन, ३० अगस्त शनिबारका दिन पनि बिहानदेखि नै विविध कार्यक्रमहरु आयोजना गरियो । पण्डित राजन शर्माद्वारा सन्चालित बिहानी योग सत्रबाट सुरु भएको यस दिन सिड्नीको सेरोफेरोमा स्थापित थुप्रै सामुदायिक संघ–संस्थाहरुको प्रस्तुति थियो ।

नियमित वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलले भागवत वाचन गरे । दाताहरुबाट नेपाली बहुसांस्कृतिक निर्माणका लागि दान ग्रहण तथा आजीवन सदस्यता वितरण तथा सन्ध्या आरती गरी दोस्रो दिनको कार्यक्रम समापन गरिएको थियो ।
यस दिन नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरूले अष्ट्रेलियन डलर ४ लाखभन्दा बढी दान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
दोस्रो दिन न्यु साउथ वेल्सका अवैतनिक नेपाली वाणिज्यदूत सन्जिव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसका निर्देशक बद्रि अर्याल र सम्झना अर्यालबाट– २ लाख १ हजार डलर प्राप्त भएको छ । नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा यो सबैभन्दा ठलो दान रकम हो ।
यसैगरी राज खनाल र लक्ष्मी खनालबाट १ लाख ५०१ डलर, मेघराज पौडेल र किशोरी पौडेलबाट २५ हजार १ डलर, शिव बन्जारा र पवित्रा बन्जारा अर्यालबाट ११ हजार १११ डलर, टुंगनाथ खरेल र चन्द्रकला खरेलबाट १० हजार १०१ डलर, सुमित्रा विष्ट र रामजी विष्टबाट १० हजार एक डलर, सन्तोष फुयाल र इन्दिरा फुयाल बास्तोलाबाट १० हजार ५५१ डलर दान प्राप्त भएको छ ।
यसैगरी एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल र अनिता पाठकबाट १० हजार डलर, रत्नबहादुर थापा र अञ्जु थाापाबाट १० हजार डलर, सूर्यप्रसाद गौतम र सुष्मा खनालबाट १० हजार १११ डलर प्राप्त भएको छ ।
आध्यात्मिक महोत्सवको पहिलो दिन नै एनआरएन अष्ट्रेलियाका तर्फबाट १५ हजार अष्ट्रेलियन डलर दान घोषणा भइसकेको थियो । आजै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र गोरखा समाज अष्ट्रेलियाको संस्थागत सदस्यता लिएका छन् ।
यसैगरी कार्यक्रम स्थलमा राखिएको दान पेटिकामा नगद २ हजार ९७० अष्ट्रेलियन डलर सहयोग प्राप्त भएको थियो ।
नेपाली बहुसांस्कृतिक केन्द्र अभियानमा आजीवन सदस्यता लिनेहरुको रफ्तार पनि बढेको छ । यस दिन १११ जनाले संस्थाको आजीवन सदस्यता लिएका छन् । यो संख्या पनि अहिलेसम्मको दैनिक सदस्यता संख्या सबैभन्दा उच्च हो ।
भव्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव
तीन दिवसीय सिड्नी आध्यात्मिक महोत्सवको अन्तिम दिन आइतबार अत्यन्तै उत्साहजनक रह्यो । महोत्सवस्थल बरउड पार्कमा मध्यान्हदेखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो ।
सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थ संकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा तेस्रो दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ । त्यसैगरी ६१ दाताहरुबाट करिब १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्धता प्राप्त भएको छ भने दान पेटिकामा २४०० अष्ट्रेलियन डलर नगद प्राप्त भएको छ ।
३ दिनको आध्यात्मिक महोत्सवका क्रममा २० लाखभन्दा धेरै अष्ट्रेलियन डलर दानबाट प्राप्त भएको छ भने करिब ५०० ले आजीवन सदस्यता लिएका छन् । यससँगै कूल GSNMC आजीवन सदस्यताको संख्या १ हजार नाघेको छ । आजीवन सदस्यता र दाताहरुको बाक्लो सहभागिता र निक्कै व्यस्त रहेको तेश्रो दिन पनि सन्ध्या आरती गरी समापन गरिएको थियो ।
विविध कारणले थुप्रै दाताहरु यो महोत्सवमा छुटेकाले महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4