+
+
Shares

गोंगबुको एक घरमा प्रहरीको छापा, करिब ४ करोड नगद र सुन बरामद

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १५:५०

१७ भदौ, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेर ठूलो मात्रामा रकम बरामद गरेको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेर रकम बरामद गरेको हो ।

करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेकाले रकम ठ्याक्कै कति छ भन्ने यकिन भएको छैन ।

यो अवैध रकमबारे प्रहरीलाई सूचना आएको थियो । त्यसपछि प्रहरीले आज अपरेसन चलाएको हो ।

सो क्रममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको पाइएको छ ।

यो रकम र सुनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?