
News Summary
Generated by OK AI. Editorially reviewed.- कोभिड-१९ महामारीले एकान्त र एक्लोपनबीचको भिन्नता बुझ्न मद्दत गरेको छ र एकान्तप्रतिको सकारात्मक दृष्टिकोण बढाएको छ।
- २०२३ मा अमेरिकी सर्जन जनरल विवेक मूर्तीले 'एकान्त' शब्दलाई लोकप्रिय बनाएका थिए भने मनोविज्ञान प्राध्यापक रोबर्ट कोप्लानले यस विषयमा चर्चा गरेका छन्।
- अमेरिकी सर्वेक्षण अनुसार जेन जी र मिलेनियल्स पुस्ताका पाँचमध्ये दुई जनाले विवाहलाई पुरानो परम्परा मान्छन् र एकल जीवनलाई प्राथमिकता दिइरहेका छन्।
विम वेन्डर्सको २०२३ मा आएको फिल्म ‘पर्फेक्ट डेज’मा टोकियोमा शौचालय सफा गर्ने मुख्य पात्रले आफ्नो धेरै समय एकान्तमा बिताउँछ । त्यो समयमा उनले बिरुवामा पानी हाल्ने, चिन्तन गर्ने, संगीत सुन्ने र पढ्ने गर्छ । फिल्मको कथा अघि बढ्दै जाँदा अन्य पात्रहरू थपिँदै जान्छन् । तर धेरै दर्शकहरूले फिल्मको सुरुका क्षणहरू नै उत्कृष्ट मानेका थिए ।
भन्नुको अर्थ मान्छेलाई एकान्त मनपर्छ । आजकल एकान्तप्रतिको सकारात्मक तथा विचारशील दृष्टिकोण पोडकास्टदेखि पुस्तकहरूसम्म आउन थालिसकेको छ ।
पछिल्ला केही वर्षयता यस विषयमा धेरै चलेका प्रकाशकहरूले पुस्तकहरू प्रकाशनमा ल्याएका छन् । सोलिट्युड : द साइन्स एण्ड पावर अफ बिइङ अलोन, सोलो : बिल्डिङ अ रिमार्केबल लाइफ अफ योर ओन, निकोला स्लासनको सिङ्गल: लिभिङ अ कम्प्लिट लाइफ अन यो ओन टर्म्स, एम्मा ग्याननको टेबल फोर वन आदि उदाहरण हुन् ।
यी आख्यान/गैरआख्यात पुस्तकहरूमा एकान्तबारे विमर्श गरिएको छ । जस्तो: एम्मा ग्याननको उपन्यास ‘टेबल फर वन’मा एक जवान महिलाको कथा भनिएको छ । जसले आफ्नो पार्टनरसँग नभई एक्लै हुँदा खुसी पाउँछिन् ।
यसरी निस्किएका पुस्तकहरूमा एकान्तमाथिको चर्चा मात्र गरिएको छैन । यसका फाइदा र आनन्दहरूमाथि पनि तर्क गरिएको छ । तर केही वर्षको अन्तरालमा नै एकान्तप्रति यति धेरै लगाव हुनुमा कतिपय विज्ञले कोभिड महामारीलाई कारण मान्छन् ।
किनकि धेरैले त्यही बेला यो शब्दबारे थाहा पाएका थिए ।
बीबीसीका अनुसार यो शब्द सन् २०२३ मा त्यतिबेलाका अमेरिकी सर्जन जनरल विवेक मूर्तीले लोकप्रिय बनाएका थिए । नि ओटावाको कार्लटन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक तथा एक्लोपन सम्बन्धी पुस्तकका लेखक रोबर्ट कोप्लान पनि महामारीका कारण एक्लोपनबारे धेरैलाई चासो बढेर गएको बताउँछन् ।
कोभिड-१९ महामारीका बेला लामो समयसम्म एक्लै बस्नुपर्दा मानिसहरूले एक्लोपन र आफैँले रोजेको एक्लोपनाको बीचको फरक बुझ्न सकेको विज्ञहरूको भनाइ छ । त्यसले एक्लै बस्नुका फाइदाहरूबारे खुला रूपमा कुरा गर्न सजिलो बनाएको पनि उनीहरूको तर्क गर्छन् ।
प्राध्यापक कोप्लानका अनुसार एक्लोपन र एकान्तबीच भिन्नता हुन्छ । एक्लोपन अर्थात् लोन्लिनेस भनेको नचाहेर एक्लै बस्दा महसुस हुने दुःखको अवस्था हो भने एकान्त अर्थात् सोलिड्युट भनेको सकारात्मक कारणका लागि स्वेच्छाले एक्लै बस्ने चाहना राख्नु हो । यद्यपि कतिपयले एउटै अर्थमा पनि यी शब्दहरूलाई प्रयोग गर्ने गर्छन् ।
यीबारे धेरै लेखकहरूले लेख्दै पनि आइरहेका छन् । यसैमा पत्रकार हेदर ह्यान्सन एक्लोपन केही मानिसहरूका लागि गम्भीर र हानिकारक समस्या भए तापनि व्यक्ति अनुसार फरक हुने बताउँछिन् । कतिपयले सकारात्मक कारणहरूका लागि यसलाई रोज्ने उनी सुनाउँछन् ।
त्यस्तै आजको युवा पुस्ताबीच पनि एकान्तको रोजाइ बढिरहेको तथ्याङ्कहरू देखाउँछ । यसको कारण भनेको उनीहरू एकल जीवनलाई पनि राम्रो मान्छन् ।
जस्तै: ग्याननको उपन्यासले पनि एक युवतीको कथा भन्छ, जसले आफैंसँग सम्बन्ध पुनः स्थापित गर्छे । यो कथा धेरै पाठकहरूका लागि सत्य लाग्छ । कारण-उनीहरूले ‘विवाह गरेर घरजम गर्नु’ भन्ने पुराना सामाजिक सोचलाई चुनौती दिइरहेका छन् ।
सन् २०२३ को एक अमेरिकी सर्वेक्षण अनुसार जेन जी र मिलेनियल्स पुस्ताका पाँच मध्ये दुई जनाले विवाहलाई पुरानो परम्परा मान्छन् । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार जेन जीका आधाभन्दा बढी पुरुष र महिलाले मात्र विवाह गर्ने अनुमान गरिएको छ ।
भन्नुको अर्थ विकसित देशहरूमा धेरै मानिसहरू एक्लै बसोबास गर्दै छन् । यसले एकल व्यक्तिहरूको संख्या बढाइरहेको देखाउँछ भने उनीहरूले स्वतन्त्रतामाथि जोड दिइरहेको भान हुन्छ ।
तर एक्लै बस्ने चाहना पुरानो हो । विगतमा धेरै कलाकारहरूले एकान्तको सुन्दरतालाई आफ्ना कलाकृतिमा उतारेका छन् । जस्तो: रोमान्टिकवादी जर्मन चित्रकार कास्पर डेविड फ्रिडरिक (१७७४–१८४०)ले बनाएको प्रसिद्ध चित्र ‘वान्डरर अबभ द सी अफ फग’ मा एक जना व्यक्ति कुहिरोले ढाकिएको पहाडको चुचुरोमा एक्लै उभिरहेको देखिन्छ।
त्यस्तै २०औं शताब्दीको अमेरिकी जीवनलाई कला उतारेर प्रख्याती कमाएका एडवर्ड होपर (१८८२-१९६७)को ‘नाइटहक्स’मारातको डिनरमा केही मानिसहरू एकै ठाउँमा बसेका भए पनि एकअर्कासँग बोलचाल नगरी एक्लै-एक्लै देखिन्छन्।
एकान्तको सही सदुपयोग
एक्लै बस्ने प्रचलन बढ्दो छ । र यसमा कुनै समस्या पनि छैन । त्यसो हुँदा यसलाई कसरी अधिकतम सदुपयोग कसरी गर्ने ? यो विषयमा सम्बन्धित किताबमा धेरै चर्चा गरिएको छ ।
पत्रकार ह्यान्सनका अनुसार केही महत्त्वपूर्ण र अर्थपूर्ण छ भनी एक्लै बिताउने समय विश्वास गरेर रोज्नु सही सदुपयोग हुन्छ । ‘एकान्त एक माटोको डल्लो हो, जसबाट हामी जेमा पनि ढल्न सक्छौँ’ उनी भन्छिन् ।
अर्थात् एकान्तमा बसेर जीवन बिग्रने, समय खेर फाल्नेदेखि रचनात्मक काम गरेर उपलब्धि हासिल गर्नेसम्मको विकल्प व्यक्तिमा हुन्छ । तर बुँदागत रूपमा यसरी एकान्तको सदुपयोग गर्न सकिन्छ:
-सन्तुलन खोज्ने
-खुसी हुनका लागि एक्लै बस्ने समय र अरूसँग भेट्ने समय दुवैको सन्तुलन आवश्यक हुन्छ ।
-स्वेच्छाले एक्लै बस्ने
-रोजेर बसिएका एकान्त मात्र राम्रो हुन्छ । बाध्य भएर बसिएको एकान्त कहिले पनि राम्रो हुँदैन ।
-रचनात्मक कार्य गर्नु
-रोजेर बसिएका एकान्तमा केही नयाँ वा रचनात्मक काम गर्नु पर्छ । जस्तै: हिँड्न जाने, संग्रहालय घुम्ने, अनलाइन कोर्स गर्ने आदि ।
-एकल जीवनको आनन्द लिने
-यदि तपाईं एकल हुनुहुन्छ भने कसैको प्रतीक्षा गर्नुहुँदैन । त्यो जीवनलाई अहिले नै भरपुर आनन्दका साथ बाँच्नुहोस् ।
एउटा यात्रा मान्ने
एक्लै बस्ने समयलाई आफैंसँग पुनः जोड्ने अवसरको रूपमा लिनुपर्छ । त्यो समयमा आफ्नो वरपरका चीजहरूलाई ध्यान दिँदा राम्रो हुन्छ । यी सबै भनिरहँदा मुख्य कुरा के हो भने प्रत्येक मान्छेलाई सामाजिक र एकान्त समयको फरक सन्तुलन चाहिन्छ । र, त्यही सन्तुलन पाउनु नै खुसी र राम्रो जीवन हो।
प्रतिक्रिया 4