+
+
Shares

कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापतिमा अघि सार्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १३:३९
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एमालेले उम्मेदवार दिने छैन । विपक्षी दलहरूको बहुमत छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ ।

यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।

न्यौपाने सुनुवाइ समिति सभापति छाडेर राज्य व्यवस्था समिति सभापति हुन गएकी हुन् । राज्य व्ययवस्था समितिको भापतिबाट राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति हुने भएका छन् ।

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि हुने भएको छ । आज मनोनयन दर्ताको समय छ ।

सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदैछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?