+
+
Shares

गोदावरीमा बाँडियो विद्या भण्डारीको सन्देश पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:३१

२० भदौ, काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको दोस्रो विधान महाधिवेशन जारी छ ।

विधान महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशसहितको पत्र बाँडिएको छ ।

प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश भन्दै पत्र बाँडिरहेका छन् । महाधिवेशन वरपर धेरैले उक्त पत्र पढेर बसिरहेका दृश्य देखिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय एमालेमा पेचिलो बन्दै गइरहेको छ । यसैबीच सदस्यताको विषय विधान महाधिवेशनको एजेण्डा नभएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन् ।

उनले आजै उद्घाटन सत्रमा पनि भण्डारीको सदस्यताको विषयमा विधान महाधिवेशनमा छलफल नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?