+
+
Shares

सत्ता साझेदार कांग्रेसलाई एमालेले भन्यो : उदारवादी बुर्जुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १६:४९

२० भदौकाठमाडौं । नेकपा एमालेले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई उदारवादी बुर्जुवा शक्ति भनेको छ ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमालेले २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिलाई नेपालको इतिहासमा अद्वितीय घटना भन्दै त्यसलाई वामपन्थी र उदारवादी बुर्जुवाको नेतृत्वमा सम्पन्न भएको उल्लेख गरेको छ ।

एमालेले नेपाली राजनीतिमा कांग्रेससँगको सहकार्य र तिक्ततापूर्ण सम्बन्धहरूलाई स्मरण गरेको छ । २०४८ सालमा बहुमत प्राप्त गरेपछि कांग्रेसले दमनकारी शासनशैली अवलम्बन गरेकोअदलातको दुरुपयोग गर्दै एमालेलाई गलत तरिकाले विस्थापति गरिएको जस्ता प्रसंग एमालेले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।  

राज्यव्यवस्था परिवर्तन उपशीर्षकमा एमालेले माओवादीलाई उग्रवामपन्थी शक्तिको रूपमा चित्रित गरेको छ भने कांग्रेसलाई यथास्थितिवादी । १५ जेठ २०६५ गते लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको सन्दर्भलाई उल्लेख गर्दै ओलीको दस्तावेजमा भनिएको छ, ‘यसलाई निष्कर्षमा पुर्‍याउन एकातिर उपलब्धिलाई अवमूल्यन गर्दै अन्त्यहीन विद्रोहको पैरवी गर्ने उग्रवामपन्थी सोचहरू र अर्कातिर संसद पुनर्स्थापनामै सीमित गर्ने यथास्थितिवादी सोचहरूसँग जुझ्नुपर्‍यो ।

दस्तावेजमा अगाडि भनिएको छ, ‘क्रान्तिमा वैचारिक नेतृत्व र मुख्य संवाहकको भूमिकामा वामपन्थी शक्तिहरू भए पनि उदार पुँजीवादी वर्ग समेतको संयुक्त नेतृत्वमा अगाडि बढेको हुनाले यसका आफ्नै सीमाहरू छन् र क्रान्तिपश्चात्को संरचनामा दुवै वर्गको उपस्थितिपहुँच र प्रभाव रहेको छ ।

ओलीले यहाँनेर कांग्रेसलाई उदार पुँजीवादी वर्गीय शक्तिको रूपमा प्रस्तुत गरेका छन् ।

महत्वपूर्ण कुराक्रान्ति श्रमजिवी र पुँजीपति वर्गका प्रतिनिधिहरूको सह-नेतृत्वमा सम्पन्न भएको हुनाले क्रान्ति कुन दिशामा अगाडि बढ्छ भन्ने कुरा प्रतिष्पर्धामा कुन वर्गले श्रेष्ठता हासिल गर्छ भन्ने कुराले तय गर्ने अवस्था छ ।

अगाडि भनिएको छ, ‘… प्रतिष्पर्धामा श्रमजीवी वर्ग पछाडि पर्नासाथ क्रान्तिका कैयौं उपलब्धिहरू संकुचनमा पर्नेनिस्तेज हुने र उल्टिने जोखिम रहने कुरातर्फ सजग रहनैपर्छ ।

अध्यक्ष ओलीले श्रमजीवी वर्ग अर्थात् कम्युनिष्ट पार्टी पछाडि पर्नासाथ परिवर्तन उल्टिने जोखिम देखाएका छन् ।

दस्तावेजमा कांग्रेससँगको सहकार्यलाई बुर्जुवा वर्गसँगको सहकार्य भनिएको छ । हाम्रो क्रान्तिको अर्को जटिलता र सीमा के हो भने हामीले बुर्जुवा वर्गसँग सहकार्य गरेर राजनीतिक प्रणाली परिवर्तन गरेका छौंतर राज्यका परम्परागत अंगहरुको अपेक्षित मात्रामा लोकतान्त्रिक रुपान्तरण हुन सकेको छैन ।

दस्तावेजमा २०६२/६३ को आन्दोलन अगाडि कांग्रेसले विघटित संसद पुनर्स्थापनामा टुङ्ग्याउन खोजेको स्मरण गरिएको छ ।

‘कांग्रेस असफल भइसक्यो’

एमालेले नेपाली कांग्रेसलाई लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणका लागि ‘टेस्टेड’ भइसकेको शक्ति भनेको छ । ‘यसले सात सालपछिका क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनका रक्षा गर्न सकेन’ दस्तावेजमा भनिएको छ, ‘उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृ४िको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रष्ट छ ।’

‘नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै संभावना छैन,’ एमालेले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?