+
+
Shares

चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री

नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन

सामाजिक सञ्जाल बन्दको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाधीनतासँग जोडेका छन् । उनले एमाले समाजिक सञ्जालको विरुद्धमा नभएको तर कम्पनीहरूले नेपालको कानुन मान्नुपर्ने धारणा राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १७:०८

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सामाजिक सञ्जाल बन्दको विषय राष्ट्रिय स्वाधीनतासँग जोडिएको उल्लेख गरेका छन् । एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार उनले सम्बोधन गर्दै एक वर्षदेखि दर्ताका लागि भन्दा पनि उनीहरु दर्तामा नआएको उल्लेख गरे ।

‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ,’ अध्यक्ष ओलीले भने ।

उनले ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको उल्लेख गर्दै उनले यो पुस्ताले देशलाई माया गर्ने बताए । उनले सामाजिक सञ्जालकाविरुद्धमा एमाले नरहेको उल्लेख गरे ।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरु विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?