+

एभरेस्ट महिला भलिबल लिग : रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

२०८२ भदौ  २२ गते १९:०० २०८२ भदौ २२ गते १९:००
एभरेस्ट महिला भलिबल लिग : रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगअन्तर्गत लुम्बिनी लाभाजले पोखरालाई ३-२ को सेटमा हरायो।
  • लुम्बिनीले पहिलो सेट २५-१३ र पाँचौं सेट १५-१० ले जितेर रोमाञ्चक जित हासिल गर्यो।
  • जितसँगै लुम्बिनीले २ अंक र पोखराले १ अंक प्राप्त गरेको छ।

२२ भदौ, काठमाडौं । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आइतबार भएको दोस्रो खेलमा लुम्बिनी लाभाजले रोमाञ्चक जित हासिल गरेको छ ।

सिजनको पहिलो फाइभ सेट म्याचमा लुम्बिनीले पोखरालाई ३-२ को सेटमा हरायो । २-१ ले पछि परेको अवस्थाबाट लुम्बिनीले लगातार दुई सेट जितेको हो ।

लुम्बिनीले पहिलो सेट २५-१३ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा पोखराले २५-२३ र २५-१० ले जित निकाल्दै पुनरागमन गरेको थियो ।

तर त्यसपछि लुम्बिनीले चौथो सेट २८-२६ ले जितेपछि पाँचौं सेटमा खेल धकेलिएको थियो । पाँचौं सेटमा लुम्बिनी १५-१० ले विजयी भयो ।

जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । पाँच सेटमा पुगेकाले पोखराले पनि १ अंक प्राप्त गरेको छ । दुवै टोलीले आजै अंकको खाता खोलेका हुन् ।

यसअघि आज भएको पहिलो खेलमा काठमाडौं स्पाइकर्सले पनि पहिलो जित निकाल्ने क्रममा मधेश युनाइटेडलाई हराएको थियो ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय