News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व नम्बर दुई खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन्।
- अल्काराजले आफ्नो छैटौं ग्रान्डस्लाम उपाधि जित्दै २०२२ पछि फेरि युएस ओपन जितेर विश्व नम्बर एक स्थान पुनः हासिल गरेका छन्।
- अल्काराजले सेमिफाइनलमा नोभाक जोकोभिचलाई हराएर फाइनल यात्रा तय गरेका थिए।
२३ भदौ, काठमाडौं । विश्व नं दुई खेलाडी कार्लोस अल्काराजले शीर्ष वरियताका यानिक सिनरलाई पराजित गर्दै युएस ओपन टेनिसको उपाधि जितेका छन्।
२२ वर्षीय स्पेनिस खेलाडी अल्काराजले उत्कृष्ट प्रदर्शन गर्दै इटालियन सिनरविरुद्ध ६-२, ३-६, ६-१, ६-४ को सेटमा जित निकाले। दोस्रो सेट सिनरले जिते पनि बाँकी खेलमा अल्काराज बलियो देखिए।
यससँगै अल्काराजले आफ्नो छैटौं ग्रान्डस्लाम उपाधि जितेका छन्। उनले २०२२ पछि फेरि युएस ओपन जित्दै विश्व नम्बर एक स्थान पनि पुनः हासिल गरेका छन्।
यो वर्ष चारै ग्रान्डस्लाम उपाधिमा अल्काराज र सिनरबीच उपाधि बाँडिएको छ। खेलपछि अल्काराजले सिनरलाई भने, ‘तिमीलाई म परिवारभन्दा बढी देख्छु, तिमी सँग कोर्टमा खेल्दा खुसी लाग्छ।’
अल्काराजले सेमिफाइनलमा सर्वाधिक ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचलाई हराएर फाइनल यात्रा तय गरेका थिए ।
प्रतिक्रिया 4