+
+
Shares

जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठक छाडेर बाहिरिए गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:०६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् भवनभित्र जेनजी छिरेपछि गृहमन्त्री रमेश लेखक र गृहसचिवले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक छाडेका छन्।
  • सोमबारको समितिको बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो।
  • जेनजी प्रवेशपछि समितिको बैठक स्थगित गरिएको छ।

२३ भदौ, काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए ।

सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् ।

संसद् भवनभित्र जेनजी छिरेपछि समितिको आजको बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?