+
+
Shares

जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा ४९ जना घाइते, ६ जनाको मृत्यु, ५ को अप्रेसन हुँदै

हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा  उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ भदौ २३ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ बानेश्वरमा भएको जेनजी प्रदर्शनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ६ जनाको मृत्यु भएको छ।
  • प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १३ पुगेको छ र सिभिल अस्पतालमा उपचाररत २ पुरुषको मृत्यु भएको छ।
  • हालसम्म ४९ जना घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ र ५ जनालाई अप्रेसनका लागि लगिएको छ।

२३ भदौ काठमाडौं । नयाँ बानेश्वरमा भएको जेनजीको प्रदर्शनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका मध्ये ६ जनाको मृत्यु भएको छ । अहिले घाइतेको उपचारमा खटिएका अर्थोपेडिक सर्जन डा.ऋषि बिष्टले दिएको जानकारी अनुसार दिउँसो साढे ३ बजेसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

गम्भीर घाइते भएकालाई ५ जनालाई अप्रेसनका लागि लगिएको ट्रमा सेन्टरका अर्का अर्थोपेडिक सर्जन डाक्टर दीपेन्द्र पाण्डेले बताए ।

हालसम्म प्रदर्शनमा घाइते भएका ४९ जनाको ट्रमा सेन्टरमा  उपचार भइरहेको डा.विष्टले जानकारी दिए ।

उक्त प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ । सिभिल अस्पतालमा उपचारमा आएका २ पुरुषको मृत्यु भएको छ ।

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?