
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको पाइएको छ।
- सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन भएपछि गृहमन्त्री रमेश लेखक बैठकबाट बाहिरिएका छन्।
- गृहमन्त्री लेखक बाहिरिएपछि समितिको बैठक स्थगित भएको छ र एक सांसदले 'सिंहदरबारमा चल्ने अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि' भनेका छन्।
२३ भदौ, काठमाडौं । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको पाइएको छ।
सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्यासेन्जर लगायतका प्ल्याटफर्म खुल्छन्। विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो। बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन चर्काएपछि गृहमन्त्री रमेश लेखक बाहिरिए।
गृहमन्त्री लेखक समितिको बैठकबाट बाहिरिएपछि समितिको बैठक पनि स्थगित भयो । बैठकपछि एक सांसद भन्दै थिए, ‘सिंहदरबारमा चल्ने अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4