+
+
Shares

जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजीको प्रदर्शनमा घाइते भएका सबै नागरिकलाई निःशुल्क उपचार गर्ने सर्कुलर जारी गरेको छ।
  • मन्त्री पौडेलको अग्रसरतामा संघीय अस्पतालहरूलाई आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी उपचार गर्न निर्देशन दिइएको छ।
  • मन्त्रालयले एम्बुलेन्स सेवा प्रभावकारी बनाउन र चिकित्सकहरूलाई घाइतेको उपचारमा एकजुट हुन आह्वान गरेको छ।

२३ भदौ, काठमाडौं। जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको हो।

स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?