+
+
Shares

रास्वपाले रोक्यो सबै औपचारिक कार्यक्रम

जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारण १६ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि रास्वपाले सबै कार्यक्रम रोक्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रहरी दमनमा १६ जनाको मृत्युपछि सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
  • महामन्त्री कविन्द्र बुर्लाकोटीले मातहतका पार्टी संरचनालाई अर्को सूचना नभएसम्म कार्यक्रम रोक्न निर्देशन दिएका छन्।
  • पछिल्लो घटनाबारे धारणा सार्वजनिक गर्न रास्वपाको सचिवालय बैठक बसिरहेको छ।

२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने भएको छ ।

जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारण १६ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि रास्वपाले सबै कार्यक्रम रोक्ने निर्णय गरेको हो ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले मातहतका पार्टी संरचनालाई औपचारिक सबै कार्यक्रम रोक्ने निर्देशन दिएका हुन् ।

‘अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गर्न तत् तत् तहगत समिति, संयन्त्रमा तत्काल सूचित गर्नुहुन निर्देशन गरिन्छ,’ महामन्त्री बुर्लाकोटी पठाएको निर्देशनमा उल्लेख छ ।

पछिल्लो घटना बारे पार्टीको धारणा सार्वजनिक गर्न रास्वपाको सचिवालय बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?