News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह \'के\' को अन्तिम खेलमा आज फिलिपिन्ससँग खेल्दैछ।
- खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ।
- नेपाल यसअघि ताजिकिस्तान र सिरियासँग पराजित भइसकेको छ।
२४ भदौ, काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह ‘के’ को आफ्नो अन्तिम खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै छ ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि सुरु हुनेछ ।
नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा सिरियासँग ४-२ गोलअन्तरले पराजित भएको थियो ।
नेपालको समूहविजेता बन्ने सम्भावना सकिइसकेको छ ।
नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी
प्रतिक्रिया 4