+
+
Shares

‘१० बजेपछि नियन्त्रणमा लिन सेनासहित सबै सुरक्षा निकाय खटिने’

केही समूहले परिस्थितिको फाइदा उठाउन खोजे, १० बजेसम्मभित्रै रोकियोस्ः सेना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले मंगलबार दिनभरको तनावपछि लुटपाट र आगजनी रोक्न आग्रह गरेको छ।
  • सेनाले किमिसका कार्य नरोकिए राति १० बजेबाट सबै सुरक्षा संयन्त्र परिचालित हुने बताएको छ।
  • सैनिक सूचना निर्देशनालयले सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने समूहलाई नियन्त्रण गर्न सहयोगको अपिल गरेको छ।

२४ भदौ, काठमाडौं । मंगलबार दिनभरको तनाव पनि साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने काम’ गरेको भनिएको छ ।

यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?