+
+
Shares

काठमाडौंको फोहोर सफा गर्दै महानगर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १३:१८

२५ भदौ, काठमाडौं । जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर काठमाडौं महानगरपालिकाले सफा गर्न थालेको छ ।

महानगरले आज बिहानैदेखि नगर प्रहरी तथा सरसफाइ कर्मचारी खटाएर सफाइ अभियान थालेको हो ।

आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएको थियो ।

यसले राजधानीको मुख्य सडकखण्ड मात्र नभई वरपरका गल्लीहरूमा समेत आवागमन प्रभावित भएको थियो ।

महानगरले विशेषगरी सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, त्रिपुरेश्वरलगायतका क्षेत्रमा सडक सफा गर्ने कामलाई प्राथमिकता दिएको जनाएको छ । सिंहदरबारको मुख्य सडकखण्डमा जलेर बाँकी रहेका भग्नावशेष हटाउने काम तीव्र पारिएको छ भने अन्य स्थानमा पनि क्रमिक रूपमा सरसफाइ भइरहेको छ ।

आन्दोलनका कारण सडकमा थुप्रिएको फोहोर तत्काल हटाउन नसकिए राजधानीको सौन्दर्यसँगै स्वास्थ्यमा पनि असर पर्ने सम्भावना थियो । त्यसैले बिहानैदेखि कर्मचारी परिचालन गरिएको हो ।

आन्दोलनपछि सडकमा थुप्रिएका फोहोरका ढिक्का हटाइएपछि आवागमन सहज भएको छ । महानगरले नियमित सरसफाइसँगै आवश्यक परे थप जनशक्ति र स्रोत साधन परिचालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?