
News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको छ।
- आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले र ए१९ प्रो प्रोसेसर रहेको छ।
- एप्पलले आइफोन १७ सिरिजका तीन नयाँ मोडेल र नयाँ एयरपड्स प्रो थ्री तथा ब्लड प्रेसर मनिटर सहितको एप्पल वाच सार्वजनिक गरेको छ।
२५ भदौ, काठमाडौं। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो ।
त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् ।
आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा १२० हर्ज रिफ्रेस रेट दिइएको छ । यो फोनमा ए१९ प्रो प्रोसेसर छ, जुन शक्तिशाली चिपसेट हो । जसमा C1x नामक नयाँ मोडेम छ । यो विद्यमान C1 को तुलनामा दोब्बर फास्ट रहेको बताइएको छ ।
आइफोन एयरमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा प्रमुख क्यामेरा ४८ मेगापिक्सेलको छ । त्यस्तै सेल्फी क्यामेरा १८ मेगापिक्सेलको रहेको छ ।
आइफोन एयरमा रहेको क्यामेराको सबैभन्दा गज्जबको क्षमता भनेको यसका सेल्फी क्यामेरा र पाछाडिको भागमा रहेको क्यामराबाट एकै पटकमा भिडियो तथा तस्वीर खिच्न सकिन्छ ।
कम्पनीका अनुसार आइफोन एयर अहिलेसम्मको सबैभन्दा टिकाउ फोन हो । यसको सुरुवाती मूल्य ९ सय ९९ डलर तोकिएको छ ।
यो फोन अहिलेसम्मकै सबैभन्दा कम ब्याट्री खपत गर्ने आइफोन रहेको दाबी एप्पलको छ ।
आइफोन १७ सिरिज
उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिजका तीनवटा नयाँ आइफोन पनि लञ्च गरेको छ । त्यसमा आइफोन १७, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स रहेका छन् ।
तीमध्ये आइफोन १७ को सुरुवाती मूल्य ७९९ डललर, आइफोन १७ प्रो को १०९९ डलर र प्रो म्याक्सको मूल्य ११९९ डलर तोकिएको छ ।
आगामी सेप्टेम्बर १९ मा यी आइफोनको प्रिअर्डर सुरु हुने एप्पलले जनाएको छ ।
नयाँ एयरपड्स र स्मार्टवाच
साथै एप्पलले आफ्नो एयरपड्स प्रो थ्री वायरलेस हेडफोनको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ। यो एयरपड्समा लाइभ भाषा अनुवाद फिचर रहेको छ । यसको सुरुवाती मूल्य २४९ डलर रहेको छ ।
त्यसैगरी एप्पलले ब्लड प्रेसर मनिटर र स्लीप स्कोर फिचर सहितको नयाँ एप्पल वाचपनि सार्वजनिक गरकेो छ । यो फिचरले प्रयोगकर्तालाई उच्च रक्तचापको अवस्थामा सचेत गराउनेछ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4