+
+
Shares

न्यूनतम कर्मचारीमा अत्यावश्यक वित्तीय सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले अन्य प्रणालीहरूका हकमा भने जोखिम मूल्यांकन आधारमा ‘रिमोट एक्सेस’ विधिबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि सूचित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १३:१२

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू र भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरूलाई अत्यावश्यक वित्तीय सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ ।

देशको वर्तमान सुरक्षा संवेदनशीलता तथा सामाजिक परिस्थिति मध्यनजर गर्दै यो निर्णय लिइएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले २५ भदौमा रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा जारी विज्ञप्तिका आधारमा इजाजतप्राप्त सबै वित्तीय संस्थालाई आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

यसअन्तर्गत संवेदनशील प्रणालीहरूलाई न्यूनतम कर्मचारीको उपस्थितिमा पनि सुचारु राख्न भनिएको छ ।

राष्ट्र बैंकले अन्य प्रणालीहरूका हकमा भने जोखिम मूल्यांकन आधारमा ‘रिमोट एक्सेस’ विधिबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि सूचित गरेको छ ।

साथै, ग्राहकलाई स्पष्ट जानकारी दिन प्रत्येक संस्थाले आफ्ना सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारेको अद्यावधिक सूचना आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?