+
+
Shares

सञ्चालनमा आए गुल्मीका बन्द उद्योग-व्यवसाय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १३:१७

२६ भदौ, गुल्मी । २३ र २४ भदौमा चलेको जेनजी आन्दोलनका कारण दुई दिनसम्म पूर्ण रूपमा बन्द रहेका गुल्मी जिल्लाका उद्योग व्यवसाय पुनः सञ्चालनमा आएका छन् ।

आन्दोलनका कारण जिल्लाभरका उद्योग, पसल तथा व्यावसायिक गतिविधि ठप्प भएका थिए ।

आन्दोलनका क्रममा यातायातदेखि बजार व्यवसायसम्म प्रभावित भएको थियो । दैनिक आम्दानीमा निर्भर व्यवसायी र मजदुरहरूले असुविधा बेहोर्नुपरेको थियो ।

आन्दोलन शान्त भएपछि मंगलबारदेखि जिल्लाभरका उद्योग व्यवसाय पुनः नियमित सञ्चालनमा आएका छन् ।

प्रशासनले शान्ति सुरक्षाको प्रत्यभूति गरेका भन्दै आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताए ।

जिल्लाभर रहेका निजी तथा सरकारी विद्यालय भने सञ्चालनमा आएका छैनन् । मंलबारदेखि विद्यालय बन्द अवस्थामा छन् ।

व्यवसायीहरूले लामो समयसम्म यस्तै बन्द हड्ताल दोहोरिन नदिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

बन्दका कारण दैनिक जीवन प्रभावित हुने भएकाले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्लामा कुनै पनि घटना नहुन दिन नेपाली सेनाले गस्ती गरिरहेको छ ।

जेनजी आन्दोलनका कारण जिल्लामा तीन मुख्य पार्टीका कार्यालय तोडफोडसँगै सामग्रीमा आगजनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?