+
+
Shares

जलेश्वर कारागारमा स्वस्फूर्त फर्किँदै भागेका कैदीबन्दी

मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जस मध्ये आज दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रुपमा फर्किएको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जलेश्वर कारागारबाट मंगलबार साँझ ५७६ कैदीमध्ये एक बाहेक सबै भागेका थिए।
  • बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना भागेका कैदी स्वेच्छिक रुपमा कारागार फर्किएका छन्।
  • कारागारले भागेका कैदीलाई २४ घण्टे अल्टिमेटम दिएको छ, नआए पक्राउ गरिने सूचना अधिकारी ठाकुरले बताए।

२६ भदौ, जनकपुरधाम। जलेश्वर कारागारबाट भागेका कैदीबन्दी स्वस्फूर्त कारागार फर्किन थालेका छन् ।

मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जस मध्ये आज दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रुपमा फर्किएको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए ।

भागेका कैदीलाई स्वेच्छिक रुपमा फर्किन २४ घण्टे अल्टिमेटमको सूचना बुधबार साँझ कारागारले गरेको थियो । नभए पक्राउ गरी ल्याउने चेतनावी समेत दिएको छ ।

‘स्वेच्कि रुपमा अहिलेसम्म १९ जना फर्किएका छन् । आउने क्रम जारी छ । नआए अल्टिमेटम समय समाप्त भएपछि पक्राउ गरेर ल्याइने छ’ सूचना अधिकारी ठाकुरले भने ।

ठूलो संख्यामा जघन्य अपराधदेखि समान्य अपराधसम्मका कैदीहरु भागेका छन् । धेरै कैदी भारत भागेर लुकेको हुन सक्ने आशंका समेत गरिएको छ ।

जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट रास्वपा सभापति रविलामिछानेसहित सबै कैदी बन्दी निस्किएको नजिरको आधारमा मधेश आन्दोलन २०७२ मा भएको सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणमा थुनामा रहेका ६ कैदीलाई छाड्न आन्दोलनकारीले जलेश्वर कारागार प्रशासनलाई दबाब दिएका थिए।

भित्र कैदीहरु थाहा पाएपछि आन्दोलन गरेका थिए । वातावरण असहज र प्रहरीले समेत सुरक्षा दिन नसकेपछि एक बाहेक सबै कैदी भागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?