+
+
Shares

घर जलेपछि नाडाका पूर्वअध्यक्ष थापाले भने : नेपालमा बसेर उद्यम गर्नु गल्ती गरिएछ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा, अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष ध्रुव थापाले पोखरामा आफ्नो ३५ वर्षको मेहनतले बनाएको घर प्रदर्शनकारीले जलाएकोमा दुःख व्यक्त गरे।
  • ध्रुव थापाले घर जलेसँगै सबै उत्साह पनि जलेर खरानी भएको उल्लेख गरे।
  • घरमा काम गर्ने एक कर्मचारीको ज्यान गएकोमा उनले मर्माहत व्यक्त गर्दै आगो लगाउने अपराधीलाई कारबाही गर्न आग्रह गरे।

२७ भदौ, काठमाडौं । प्रदर्शनकारीमार्फत पोखरामा आफ्नो घर जलाइएपछि नाडा, अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापाले दुःख व्यक्त गरेका छन्।

समाजिक सञ्जालमा आफ्नो पीडा व्यक्त गर्दै उनले ३५ वर्षदेखिको आफ्नो मेहनतले बनाएको घर क्षणभरमै खरानी बनाइएको उल्लेख गरेका छन् ।

‘१७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ । कति आरोह, अवरोह र जोखिम मोलेर व्यसाय गरेको थिएँ’ उनले लेखेका छन् ‘नेपालमै उद्यम गर्नुपर्छ, सम्भावना धेरै छ भन्दै अरुलाई अभिप्रेरित गर्दै आएको थिएँ, तर आज आफू बस्ने घर, अफिस जलाइँदा मन पनि जल्दो रहेछ ।’

पुर्खाले आर्जेको जग्गामा  ३५ वर्षदेखिको मेहनत र पसिनाबाट घर बनाएको उनले उल्लेख गरेका छन् । उद्यम व्यवसायबाट कमाएको रकमबाट समाजको लागि पनि योगदान गरिरहेको उनले स्मरण गरेका छन् ।

‘२०७२ सालको भूकम्पका बेला होस् वा कोभिडको समयमा, थुप्रै संख्याका एम्बुलेन्स आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निशुल्क प्रदान गर्‍यौं, ती एम्बुलेन्सले विभिन्न स्थानमा सेवा पुर्‍याइरहेका छन्’ उनले लेखका छन् ‘तर आज जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्, जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ ।’

त्यति मात्रै नभइ आफूहरूको घरमा घरायसी काम गर्ने एक कर्मचारी गुमाउँदा ठूलो पीडा महसुस भएको उनले बताएका छन् । ‘परिवारकै सदस्य भएर बसेकी ती बहिनीलाई बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिँदा मर्माहत बनाएको छ’ थापाले लेखेका छन् ।

घरमा मान्छे हुँदाहुँदै तलबाट आगो लगाएका क्रुर अपराधीलाई उम्किन नदिन उनले आग्रह गरेका छन् । दाइ बिन्दु थापासँग आफूलाई जोडेर यस्ता गलत हर्कत गरिएको उनको भनाइ छ । उनका दाइ राजनीतिमा सक्रिय छन् ।

समाजकै सेवा गर्ने उद्देश्यले राजनीति गर्नेलाई पनि गलत रुपमा बुझिनुले आफूलाई दुखित बनाएको उनले बताए । ‘व्यवसायमा सफल भएपछि दाइ राजनीतिमा लागेर सेवा गर्ने उद्देश्यले हिँड्नुभयो’ थापाले भने ‘राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै उहाँ पोखराको एक सफल व्यवसायी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?