+
+
Shares

गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते ८:२७

२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ । तत्कालका लागि गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्न लागिएको हो ।

उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त यो भवनमा सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी थियो, तर प्राथमिकताको आधारमा गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागिएको हो ।

सो भवनमा सामान्य क्षति छ । तर मर्मत सम्भार गरेर बस्न सकिने अवस्था रहेको अधिकारीहरुले बताएका छन् ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबार परिसरभित्र रहेका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो । गृह मन्त्रालय आगजनीबाट क्षतिग्रस्त भएको छ ।

यसैगरी शिक्षा मन्त्रालयलाई सिंहदरबारभन्दा बाहिर सार्ने तयारी छ । तत्कालका लागि लैनचौरमा रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयमा व्यवस्थापन गर्ने सोच रहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?