+
+
Shares

शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते ८:३५

२८ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ ।

सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौं,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

यद्यपि अहिले त्यहाँ मन्त्रालयलाई पुग्ने ठाउँ अपुग छ । त्यसैले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई बाहिर सारेर भए पनि शिक्षा मन्त्रालयलाई राख्ने तयारी मन्त्रालयका अधिकारीहरुले गरेका छन् ।

‘सिंहदरबारमा सरसफाइ भइरहेको छ । मन्त्रालयको केही काम केशर महलबट सेवा प्रवाह गर्छौं,’ शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले भने ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।

शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्‍याङ जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।

यसैबीच आगजनीबाट क्षतिग्रस्त गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी गरिएको छ । सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी थियो, तर प्राथमिकताको आधारमा त्यहाँ गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?