
२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले हाल गर्नुपर्ने चार काम सुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले नव गठित अन्तरिम सरकारले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाका दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।
उनले सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी गरेर क्षति पुर्याउनेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टचारीमाथि कारबाही गर्दै सुशासन कायम गर्न माग गर्दै वि.सं २०४७ यताका सरकार, संसद र सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति छानबिन गरी अनियमितरूपमा आर्जन गरेका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् ।
साथै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत हुन सचत रहन अपील गरेका छन् ।
प्रतिक्रिया 4