+
+
Shares

नेपाल एयरलाइन्सले ९ असोजदेखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने

यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १७:५५
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्र्ने गरी सूचना प्रकाशित गरेको छ ।

यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ ।

काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?