News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी वर्ष नेपालमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ।
- ग्लोबल छनोट जनवरी १२ देखि फेब्रुअरी ५ सम्म नेपालमा आयोजना हुनेछ र ४ टोली मात्र विश्वकपका लागि छनोट हुनेछन्।
- नेपाल, आयरल्यान्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बंगलादेश, नामिबिया र पपुवा न्यूगिनी गरी १० टोली प्रतिस्पर्धा गर्नेछन्।
३० भदौ, काठमाडौं । आगामी वर्ष नेपालमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि सहभागी हुने सबै टोलीको टुङ्गो लागेको छ।
सोमबार सम्पन्न ईस्ट एशिया–प्यासिफिक क्वालिफायर जित्दै पपुवा न्यूगिनीले अन्तिम स्थान सुनिश्चित गरेको हो। अब ग्लोबल छनोटमा नेपाल (आयोजक), आयरल्यान्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बंगलादेश, नामिबिया र पपुवा न्यूगिनी गरी १० टोली प्रतिस्पर्धा गर्नेछन्।
नेपाल र थाइल्याण्ड एसियाबाट, नेदरल्याण्ड्स र स्कटल्याण्ड यूरोपबाट, जिम्बाबे र नामिबिया अफ्रिका, संयुक्त राज्य अमेरिकाले अमेरिकी क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोटमा आएका हुन् ।
बंगलादेश र स्कटल्याण्ड गत संस्करणको विश्वकप खेलेका आधारमा सोझै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् ।
ग्लोबल छनोट २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपका लागि अन्तिम प्रवेशद्वार हुनेछ।
नेपालमा यही छनोट खेल सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ, जहाँबाट ४ टोली मात्र विश्वकपका लागि छनोट हुनेछन्।
महिला टी-२० विश्वकपको खेलतालिका भने सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4