
३० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेका छन् ।
सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेर उनीहरूले क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।
आगजनीपछि एमाले कार्यालय खण्डहर बन्न पुगेको छ ।
पार्टी कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ गतेको उच्छृंखल कार्यमा संलग्नहरूको पहिचान गरेर कारबाही गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4