News Summary
Generated by OK AI. Editorially reviewed.- इस्पान्योलले मायोर्कालाई ३-२ ले पराजित गर्दै स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ।
- इस्पान्योलका किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे।
- मायोर्काले चार खेलबाट एक अंक जोडेर १९ औं स्थानमा रहेको छ।
३१ भदौ, काठमाडौं । मायोर्कालाई ३–२ ले पराजित गर्दै इस्पान्योल स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ ।
दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको इस्पान्योलका लागि किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
घरेलु मैदानमा पेरे मिलाले २०औं र राहुल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गर्दै इस्पान्योललाई २-० को अग्रता दिलाएका थिए ।
भेदात मुरिकीले मायोर्काको लागि ४५ औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए ।
पहिलो हाफको ईन्जुरी टाईममा पेरे मिलाले रातो कार्ड सामना गर्दै मैदान छाडेपछि इस्पान्योल दस खेलाडीमा समेटियो ।
त्यसपछि मायोर्काका लागि भेडात मुरिकीले ६५ औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए ।
बराबरीतर्फ अग्रसर भइरहेको खेलमा बेला किकेले ९ मिनेट बाँकी छँदा निर्णायक गोल गरे ।
तेस्रो जितपछि इस्पान्योल चार खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लेको हो ।
मायोर्का भने चार खेलबाट एक अंकसहित पूछारबाट दोस्रो अर्थात १९ औं स्थानमा छ ।
प्रतिक्रिया 4