
News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको क्यानवेरामा अभिनेता राजेश हमाललाई ३ दशकभन्दा बढी सक्रियताका लागि 'स्टारलिङ्क चलचित्र सम्मान' प्रदान गरिएको छ।
- स्टारलिङ्क मोट्र्गेज एण्ड फाइनान्सेसको प्रायोजनमा भएको कार्यक्रममा हमाललाई नेपाली फिल्मका चम्किला तारामध्ये एकका रूपमा सम्मान गरिएको छ।
- हमालले प्रवासमा जन्मिएका दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने र मौलिकता बिर्सन नहुने आग्रह गर्नुभएको छ।
सिड्नी । अस्ट्रेलियाली राजधानी क्यानवेरामा अभिनेता राजेश हमाललाई ‘स्टारलिङ्क चलचित्र सम्मान’ प्रदान गरिएको छ ।
चलचित्र क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहेबापत उनलाई सम्मान गरिएको हो । अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत नेपालीलाई प्रेरित गर्न हमालको भूमिका रहेको जनाइएको छ ।
स्टारलिङ्क मोट्र्गेज एण्ड फाइनान्सेसको प्रमुख प्रायोजन रहेको उक्त सम्मान कार्यक्रम फोटो कथाको आयोजनामा सम्पन्न भएको हो ।
संस्थाले सम्मान पत्रमार्फत हमाललाई नेपाली फिल्मका सबैभन्दा चम्किला तारामध्ये एकका रूपमा व्याख्या गरेको छ ।
कार्यक्रममा क्यानवेरास्थित नेपाली संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, कलाप्रेमी र संचारकर्मी सहभागी थिए ।
सो अवसरमा हमालले प्रवासमा जन्मिएका र हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने काम गर्न नेपाली समुदायमाझ आग्रह गरे ।
उनले प्रवासमा रहेका नेपालीलाई आफ्नो मौलिकता र पहिचान बिर्सन नहुने सुझाव दिए ।
प्रतिक्रिया 4