+

‘एनपीएल तोकिएकै समयमा हुन्छ’

२०८२ भदौ  ३१ गते १४:०३ २०८२ भदौ ३१ गते १४:०३
‘एनपीएल तोकिएकै समयमा हुन्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ।
  • क्यान प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइजहरुसँग छलफल गरी एनपीएल तोकिएकै मितिमा गर्ने सहमति भएको जानकारी दिनुभयो।
  • एनपीएलमा आठ टोली प्रतिस्पर्धा गर्नेछन् र क्यानले सुरक्षा व्यवस्था लगायत परिस्थिति अनुसार अघि बढ्ने योजना बनाएको छ।

३१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।

जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको दोस्रो संस्करणको अवस्था के होला भन्ने धेरैको चासो र कौतुहलता थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु गर्ने गरी क्यानले मिति तोकिसकेको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए ।

‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने ।

एनपीएलको दोस्रो संस्करणका लागि क्यानले खेलाडीको अक्सन समेत गरिसकेको छ । यस्तै केही टिमले मुख्य प्रशिक्षक र विदेशी खेलाडीहरु समेत घोषणा गरिसकेका छन् ।

काठमाडौं गोर्खाजले राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाइलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ भने सुदुरपश्चिम रोयल्सले अस्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ ।

यस्तै अन्य फ्रेन्चाइजहरुले पनि विदेशी खेलाडीहरु अनुबन्ध गर्न आन्तरिक तयारी गरिरहेका छन् ।

यद्यपी क्यान प्रवक्ता लामाका अनुसार अहिलेको अवस्थामा एनपीएल तोकिएकै समयमा आयोजना गर्ने क्यानको तयारी रहेको तर परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अब हामीले भनेर मात्रै पनि हुँदैन । सुरक्षा व्यवस्था लगायत सबै कार अनुकुल हुनुपर्छ । तर अहिलेको अवस्थामा भने एनपीएल तोकिएकै मितिमा गर्ने क्यानको योजना छ’ उनले भने ।

एनपीएलमा साविक विजेता जनकपुर बोल्ट्ससहित विराटनगर किङ्स, काठमाण्डू गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल क्रिकेट नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय